Techie IT
शुक्रबार, वैशाख २६,२०८२

भाटभटेनीका मालिक पक्राउ


काठमाडौं, १२ असार ।ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । गुरुङलाई प्रहरीले उनकै निवास नक्सालबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । एआईजी बज्राचार्यले अपरेशन चलिरहेको र ललितानिवास प्रकरणमा मुछिएका अन्य व्यक्तिलाई पनि खोजिरहेको बताइन् । पक्राउ परेका गुरुङ प्रहरीको फरारको सूचीमा थिए ।

गुरुङले मिलेमतोमा ललितानिवासको सरकारी जग्गा सबैभन्दा बढी खरिद गरेको पाइएको छ । ललितानिवास प्रकरणमा मुछिएका गुरुङसँग २०७७ सालमा विशेष अदालतले दुई करोड रुपैयाँ धरौटी मागेको थियो । तर, गुरुङ मुद्दा दायर भएको एक वर्षपछि अदालतमा हाजिर भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot news, #भाटभटेनीका मालिक पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:16 am6:43 pm +0545