संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
१ जनाको मृत्यु ४ जना घाईते
खाँदबारी, २२ बैशाख – संखुवासभाको भोटखोला ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चारजना गम्भिर घाईते भएका छन् ।

शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका ४ हटियाको सिक्प्रुङको हम्मरे डाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताए । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीको रुपमा काम गर्दै आएका थिए । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाईलट छिरिङ भोटे, सहयोगी मनोज थापा, बिद्युत प्राधिकरणका कर्मचारी बिक्रम शंकर गम्भिर घाईते छन् ।
उनीहरुको शरिरका बिभिन्न भागमा चोट लागेको छ । घाईतेमध्ये बिक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाईलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाण्डौ लगिएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : ##एकको मृत्यु, #breaking, #hot, #दुर्घटना, #मृत्यु, #संखुवासभा, #सिम्रिक एयर
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्