Techie IT
शुक्रबार, वैशाख २६,२०८२

उपनिर्वाचन : सत्ताको नेतृत्व गरेको माओवादी र एकीकृत समाजवादी उम्मेदवारविहीन


काठमाडौं । वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तर, सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित सरकारमै रहेका अधिकांश दलहरुले उम्मेदवारी समेत दिन सकेनन् ।

चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता जारी छ । तर, सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई उपनिर्वाचनले छुन सकेको छैन ।

माओवादीलाई उपनिर्वाचनमा उम्मेदवारी दिनेभन्दा पनि अहिलेको गठबन्धन जोगाउने पहिलो प्राथमिकता भएको पार्टीका सचिव डिलाराम आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेको तीन क्षेत्रमध्ये हामीले यसअघि कुनै क्षेत्रमा पनि जितेका छैनौं । त्यसैले अहिले हाम्रो गठबन्धनमा दाबी रहेन ।’

सत्ताको नेतृत्व गरिरहेको माओवादीले तीन क्षेत्रमा निर्वाचन हुँदा एक ठाउँमा पनि उम्मेदवारी दिन सकेन भन्ने टिप्पणी भइरहेको छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘उम्मेदवारी दिनै नसक्ने भन्ने होइन । परिणामलाई पनि हेर्नुपर्छ। त्यसैले अहिले गठबन्धनको साझा उम्मेदवार बनाउँदा हाम्रो भागमा परेन ।’

माओवादीले तनहुँ १ मा दाबी गरे पनि कांग्रेस नमानेपछि ब्याक भएको हो । माओवादीले मात्रै नभएर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि कुनै क्षेत्रमा उम्मेदवारी नदिने भएको छ ।

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे अहिलेसम्म कुनै क्षेत्रमा उम्मेदवारी दिने तयारी आफूहरुले नगरेको बताउँछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपनिर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545