Techie IT
आईतबार, वैशाख २८,२०८२

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, शीतल निवासबाट विदा भइन् भण्डारी


काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदाइ गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:15 am6:44 pm +0545