संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्ने सरकारको तयारी -प्रचण्ड
काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्प कमल दाहाल ले संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताइरहेका छन् ।
काठमाडौंको पद्मोदय माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमका प्रधानमन्त्री प्रचण्डले उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने दायित्व रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
उनले शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ भएको तथ्यलाई सबैले आत्मसाथ गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री प्रचण्डले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवन उपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे ।
उनले विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक रहेको पनि बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्