आजबाट बैंकमा पैसा जम्मा नगर्न उद्योग वाणिज्य संघको आग्रह
मकवानपुर, २८ फागुन । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)ले बैंकको चर्को व्याजदर र ज्यादती विरुद्धको आन्दोलनलाई सहयोग गर्न आज आइतबारबाट बैंकमा नगद पैसा जम्मा नगर्न सबैमा आग्रह गरेको छ ।

संघले एक सूचना जारी गर्दै आफ्ना व्यवसायीहरुलाई आज आइतबारदेखि बैंकमा पैसा जम्मा नगर्न आग्रह गरेको हो ।

बैंकको चर्को व्याजदरविरुद्ध संघ र संघमा आवद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायत विभिन्न व्यवसायीक संघहरुले हेटौंडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
आज आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखी शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उद्योग वाणिज्य संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्