युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
मस्को। केही समयदेखि जारी गतिरोधपछि युक्रेनको जापोरिजिया क्षेत्रमा यसै साता लडाइँ तीव्र भएको रूसी सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । मस्कोको सेना जापोरिजियाका दुई शहरतर्फ अघि बढिरहेको छ रूसले दावी गरेको हो ।
रूसी अधिकारी भ्लादिमिर रोगोभका अनुसार युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी जापोरिजियाबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने ओरिखिभ र पूर्वतर्फको हुल्याइपोल गरी दुई सहरमा आक्रामक गतिविधि केन्द्रित गरिएको छ ।
रोगोभलाई उद्धृत गर्दै रिया नोभोस्ती समाचार एजेन्सीले भनेको छ, “दस्ता विशेष गरी ओरिखिभ र हुल्यापोलेतर्फ दुई दिशामा अघि बढिरहेको छ ।
उहाँले ती क्षेत्रमा सक्रिय भिडन्त भइरहेको र लडाई रूसी सेनाको नियन्त्रणमा रहेको बताउनुभयो ।
युक्रेनी सेनाले आइतबार आफ्नो दैनिक रिपोर्टमा जापोरिजियामा ‘१५ भन्दा बढी बस्तीहरू गोलाबारीबाट प्रभावित भएको’ बताएको छ ।
यसै हप्ताको सुरुमा रोगोभले ओरिखिभ वरपर ‘आक्रमण’ को घोषणा गर्दै रुसी सेनाले निप्रो नदी नजिकैको लोबकोभ गाउँलाई नियन्त्रणमा लिएको बताउनुभएको थियो ।
यो हप्ता दक्षिणी क्षेत्रमा युद्ध ‘तीव्र रूपमा बढेको’ उहाँले बताउनुभएको छ । शनिबार रूसी सेनाले जापोरिजिया क्षेत्रमा ‘आक्रामक कदम’ चालेको र ‘थप लाभप्रद अवस्थामा पुगेको दाबी गरेको थियो ।
गत नोभेम्बरमा मस्कोले प्रमुख शहर खेर्सनबाट हात झिकेपछि दक्षिणी युक्रेनको मोर्चा पछिल्लो समय पूर्वको तुलनामा निकै शान्त भएको छ ।
रुसले जापोरिजिया क्षेत्र र अन्य तीन युक्रेनी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरे पनि यसलाई पूर्णरुपमा नियन्त्रण गर्न सकेको छैन ।
यस क्षेत्रको दक्षिणी भागको ठूलो भाग मस्कोले नियन्त्रण गरेपनि यसको मुख्य शहर जापोरिजिया र उत्तरी भाग रूसी सेनाको अधीनमा परेको छैन ।
रुसले युक्रेनी सेनालाई त्यहाँबाट बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ । एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #युक्रेन, #रूसी आक्रमण तीब्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्