प्रदेश १ मा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत,पक्षमा ५९ मत
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ ।
गत आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले शुक्रबार प्रदेश सभाबाट विश्वासको मतका लागि प्रस्ताव राख्नु भएको थियो । ९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा मत दिएका थिए ।
कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० जना प्रदेश सांसदको समर्थनमा आइतबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो भने सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको थियो । संविधान बमोजिम दुई वा दसइभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्य मन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बमोजिम कार्कीले प्रदेश सभाबाट ३० दिनभित्रै विश्वासको मत दिनु भएको हो ।
नेपाली कांग्रेस र नेकपा(एकीकृत समाजवादी) ३२ जना प्रदेश सांसदहरूले भने कार्कीको विपक्षमा मत हालेका थिए । कार्कीलाई सत्ता साझेदार दलहरु नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राप्रपा लगायतको समर्थन रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रदेश १, #हिक्मत कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्