Techie IT
शनिबार, वैशाख २७,२०८२

बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका पाठक निर्वाचित


काठमाडौँ । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ ।

प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले ६२ मत प्राप्त गर्नुभएको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैजुले तीन मत प्राप्त गर्नुभएको थियो । बैठकमा कूल एक सय १० सदस्यमध्ये एक सय नौ सदस्य उपस्थित रहनुभएको थियो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेशसभा, #भुवनकुमार पाठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:16 am6:44 pm +0545