काबुलमा आत्मघाती बम विस्फोट ५ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको विदेश मन्त्रालय अगाडि भएको आत्मघाती बम विस्फोटमा ५ जना भन्दा बढीको मृत्यु भएको छ ।
प्रहरीले मृत्यु हुनेको सङ्ख्या ५ रहेको बताएपनि एक तालिबान स्रोतका अनुसार विस्फोटमा २० जना सम्मको मृत्यु भएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
हिजो (बुधबार) स्थानीय समय अनुसार दिउँसोको ४ बजे बम बोकेर एक व्यक्ति विदेश मन्त्रालय प्रवेश गर्न खोजेको र प्रवेश गर्न नसक्दा भवन अगाडि नै विस्फोटन गराएको तालिबान अधिकारीलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
उक्त क्षेत्रमा चीन, टर्की, लगायतका धेरै राष्ट्रहरूका दूतावास पनि रहेका छन् । इस्लामिक स्टेट आतङ्ककारी समूह आइएसले विस्फोटनको जिम्मा लिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अफगानिस्तान, #काबुलमाआत्मघाती बम विस्फोट ५ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्