खानेपानीका लागि प्रदेश सरकारबाट अछाममा २० करोड बढीका योजना

अछाम । सुदूरपश्चिम प्रदेश सरकारबाट अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा खानेपानी योजना निर्माणको लागि २० करोड बढी बजेट विनियोजित भएको छ ।
जिल्लाका १० वटा पालिकामा खानेपानी योजना निर्माणको लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटी मार्फत २० करोड ३६ लाख बजेट प्राप्त भएको छ । जिल्लाका १० वटा पालिकाका १ सय ४३ वटा खानेपानी योजना निर्माणको लागि उक्त रकम प्राप्त भएको हो ।
खानेपानी योजना निर्माणको लागि ५ लाख देखि ४० लाख रुपैयाँ विनियोजित भएको छ । सबै भन्दा बढी साँफेबगर नगरपालिकामा २९ वटा योजना र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा २ वटा योजना समेटिएका छन् । बजेट भने सबै भन्दा धेरै पञ्चदेवल विनायक नगरपालिकामा ४ करोड ८४ लाख र कम बान्नीगढी जयगढ गाउँपालिकामा ३० लाख रकम विनियोजित भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटीले जानकारी दिएको छ।
पञ्चदेवल विनायक नगरपालिका वडा नं.४ मा निर्माण हुने लाड्छे अमरसैन नानाखाल खानेपानी योजनामा सबैभन्दा बढी ४० लाख रुपैयाँ प्राप्त भएको छ । यस्तै पञ्चदेवल विनायकको वुढानाउला खानेपानी योजना र धाराखोला बोहरागाउँ खानेपानी योजनामा ३०/३० लाख रुपैयाँ र वडा नं.२ डमिडमी कोरले सैन खानेपानी योजनामा २५ लाख रुपैयाँ प्राप्त भएको छ ।
साँफेबगर नगरपालिकाका २९ वटा खानेपानी योजनाका लागि ३ करोड ९४ लाख रुपैयाँ प्राप्त भएको छ । नगरपालिकाको वडा नं.१ वैजनाथ स्थित खापायो कुम्सैन खानेपानीमा ३० लाख, वैजनाथ टोल खानेपानी योजनामा २५ लाख, वैजनाथ भूमिगत खानेपानी योजनाको लागि २५ लाख, वडा नं.४ को जयाकोट खानेपानी योजनामा २० लाख रकम प्राप्त भएको छ । वडा नम्बर १२ खप्तडको लम्मन खानेपानी योजनामा २५ लाख बजेट प्राप्त भएको छ ।
ढकारी गाउँपालिकाका २५ वटा योजनाको लागि ३ करोड ३० लाख रकम प्राप्त भएको हो । यस्तै तुर्माखाँद गाउँपालिकाका १७ वटा योजनाको लागि २ करोड २३ लाख रकम प्राप्त भएको छ । तुर्माखाँद गाउँपालिकाको भैरवस्थानमा बन्ने दगदके खानेपानी योजनाको लागि २५ लाख रुपैयाँ प्राप्त भएको छ। रामारोशन गाउँपालिकाका ११ वटा खानेपानी आयोजनाको लागि १ करोड ३५ लाख, मंगलसैन नगरपालिकाका ९ वटा योजनाको लागि १ करोड २४ लाख, र कमलबजार नगरपालिकाका ९ वटा योजनाको लागि १ करोड रुपैयाँ प्राप्त भएको छ।
चौरपाटी गाउँपालिकाका ८ वटा खानेपानी आयोजनाको लागि ८५ लाख बजेट प्राप्त भएको छ । चौरपाटी गाउँपालिकाको वडा नम्बर ४ पायलको सिलुवाखोला शान्तिटोल खानेपानी योजनामा १५ लाख, वडा नम्बर ४ पायलकै तामाखानी देउकर खानेपानी योजनामा ८ लाख, लुग्रा गएल खानेपानी योजनामा ५ लाख बजेट प्राप्त भएको छ । मेल्लेख गाउँपालिकाका ९ वटा योजनाको लागि १ करोड २१ लाख बजेट प्राप्त भएको छ । सबैभन्दा बढी मेल्लेख गाउँपालिका वडा नं.७ नन्देगडाको मौभरी वृहत् खानेपानी योजनाको लागि २५ लाख रकम प्राप्त भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #खानेपानी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्