लिभरपुल वुल्भरह्याम्पटनसँग बराबरीमा रोकियो
काठमाडौं । लिभरपुल र वुल्भरह्याम्पटनले एफए कप फुटबलको तेस्रो चरणको खेलमा बराबरी खेलेका छन् ।
शनिबार राति लिभरपुलको एन्फील्ड मैदान भएको खेलमा लिभरपुल र वुल्भरह्याम्पटनले २–२ को बराबरी खेलेका हुन् ।
लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले गोल गर्दा वुल्भरह्याम्प्टनका गोन्कालो गुइडेस र ही चान ह्वाङले गोल गरे ।
खेलको २६ औं मिनेटमा गुइडेसले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा वुल्भरह्याम्प्टनका नुनेजले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले खेलमा २–१ को अग्रता लियो । त्यसपछि, ६६ औं मिनेटमा वुल्भरह्याम्प्टनका ही चान ह्वाङले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा सकिएको छ ।
खेल बराबरीमा रोकिएपछि लिभरपुल र वुल्भरह्याम्प्टनले अब एफ.ए कप तेस्रो चरणको खेल पुनः खेल्नुपर्ने भएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #लिभरपुल, #वुल्भरह्याम्पटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्