निर्वाचनमा जनसंगठनको भूमिका पार्टीले अपेक्षा गरेजस्तो भएनः महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको जनमतले मुलुकमा अस्थिरतालाई प्रवर्द्धन गर्ने वताउनुभएको छ । यो जनमतले मुलुकका समस्याको समाधान नदिने वताउँदै महासचिव पोखरेलले यसको प्रभाव राष्ट्रिय राजनीतिमा बढ्दै जाने वताउनुभयो ।
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको सातौं बैठकलाई सम्वोधन गर्दै महासचिव पोखरेलले विश्व राजनीतिको प्रभाव नेपालमा परेको र नेपालमा अस्थिरता चाहनेहरूको योजना निर्वाचनले सफल बनाइदिएको विचार व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले सामान्यतया सहरिया मध्यमवर्गीय जनता सत्ता विरोधी हुने गरेका र त्यो जनमत निर्वाचनमा प्रतिपक्षको पक्षमा हुने मान्यता रहे पनि एमालेले त्यो जनमत आफ्नो पक्षमा पार्न चुकेको वताउनुभयो ।
विकास निर्माणका काममा जहाँ राज्यको स्रोत बढी खन्याईएको छ, त्यहीँ राष्ट्रिय दलको विकल्पमा मतदान भएको चर्चा गर्दै महासचिव पोखरेलले यसबाट विकासमात्र गरेर नहुने रहेछ, सहरिया मध्यमबर्गीय जनताको मनोविज्ञान बुझेर कार्यक्रम दिनसक्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको वताउनुभयो ।
महासचिव पोखरेलले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसके पनि पाँचदलीय गठबन्धनको एमालेलाई सिध्याउने योजना पनि असफल भएको वताउनुभयो । घेराबन्दीको सामना गर्ने सामर्थ्य एमालेले राख्छ भन्ने यस निर्वाचनबाट पुष्टि भएको उहाँको भनाई थियोे ।
उहाँले निर्वाचनमा जनसंगठनको भूमिका अपेक्षित हुन नसकेको वताउँदै अबका दिनमा योजनावद्ध र व्यवस्थित ढङ्गले अगाडि बढ्नु जरुरी छ भन्नुभयो ।
जनसंगठनहरूले वैचारिक र राजनीतिक कामलाई आफ्नो कामको केन्द्रीय विषय बनाउनुपर्ने, कार्यशैली र संगठनात्मक ढाँचामा परिवर्तन ल्याउनुपर्ने वताउँदै महासचिव पोखरेलले यस निर्वाचनमा भड्केको जनमतलाई पार्टीप्रति प्रतिबद्ध जनमतमा परिणत गर्ने गरी काम गर्नुपर्ने वताउनुभयो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य रचना खड्का, विभिन्न २३ जनसंगठनका अध्यक्ष, महासचिव लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्