मतगणना सकियो : सात दल बने राष्ट्रिय दल
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको छ । गणनाको नतिजाअनुसार सात वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएका छन् ।
निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेसहोल्ड कटाएर सात वटा राजनीतिक दल राष्ट्रिय दल बनेका हुन् ।
अन्तिम मत परिणामअनुसार सात वटा दलले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत ल्याउनु पर्ने आयोगले जनाएको छ ।
नेकपा (एमाले) बाट अलग भएर नकपा एकीकृत समाजवादी दल बनाएको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दल प्रत्यक्ष तर्फ १० सिटमा विजय निकाले पनि थ्रेसहोल्ड कटाउन सकेन । सो दलले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय दल बन्न १८ हजार ४११ मत सो दललाई अपुग भएको छ ।
राष्ट्रिय दल बनेका दलले पाएको मत यस्तो छ
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड १० लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा थ्रेसहोल्ड कटाउने सात राजनीतिक दलले प्राप्त गरेको मत ९२ लाख ७१ हजार ७११ छ । ती मत समनुपातिकतर्फको ११० सिट बाडफाँटमा भाग लगाइने छ । थ्रेसहोल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ मत खेर गएको छ ।
नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको २ लाख ९८ हजार ३९१ मत पनि खेर गएको छ । त्यस्तै, थ्रेसहोल्ड नकटाउने अन्य ४० दलले प्राप्त गरेका मत पनि खेर गएको छ ।
आयोगको नतिजा अनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले थ्रेसहोल्ड कटाउने सात दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेको छ । सो दलले समानुपातिक तर्फ ३४ सिट पाउने भएको छ । एमालेले प्राप्त गरेको मत २८ लाख ४५ हजार ६४१ रहेको छ ।
दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेको छ । सो दलले ३२ सिट प्राप्त गर्ने देखिएको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । सोहीअनुसार तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने भएको छ । सो दलले समानुपातिक तर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि थ्रेसहोल्ड कटाएको छ । सो दलले १२ प्रतिशत मत प्राप्त गर्दै १३ सिट प्राप्त गर्नेभएको छ । सो दलले ११ लाख ३० हजार ३४० मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ७ सिट पाउने भएको छ । सो दलले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ५ सिट पाउने छ । सो दलले ४ लाख २१ हजार ३१४ मत पाएको छ । जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतले ३ लाख ९४ हजार ६५५ मत पाएको छ । निर्वाचन आयोगले अन्तिम हिसाव निकालेपछि एक दुई सिट तलमाथि हुनसक्ने जनाएको छ । त्यसको टुंगो आजै हने सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।
प्रतिनिधि सभामा २७५ जनामध्ये १६५ जना यसअघि नै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भइसक्नु भएको छ । समानुपातिक तर्फ अब ११० जनाले दलहरुले आयोगमा पेश गरेको बन्दसूचीका आधारमा चुनिनेछन् । आयोगले २६ गते भित्र सबै परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाइसक्ने बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन, #मतगणना, #सात दल बने राष्ट्रिय दल
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्