टोखा नगरपालिका र काठमाडौ उपत्यका बिकाश प्राधिकरणको साझेदारीमा हुने भयो बिष्णुमति करीडोर सडक पिंच
टोखा काठमाडौं । नयाँ बसपार्क बिष्णुमती पुलबाट मनोहरतिर्थपुल सम्मको बिष्णुमती करीडोरको बाटो कालोपत्रे हुने भएको छ । बिगत लामो समयदेखी बिभिन्नि कारणले गर्दा हुन नसकेको सो करीडोरको मूल सडकको कालोपत्रे टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सहितका जनप्रतिनिधिहरुको अगुवाईमा सडक कालोपत्रे हुने भएको छ ।

सडक कालोपत्रे गर्नका लागी आइतबार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सहीतका टोली काठमाडौ उपत्यका बिकाश प्राधिकरणका विकाश आयुक्तm जानुका ढकालसंग भेटबार्ता भएको थियो । भेटमा टोखा नगरपालिका अन्र्तगतको सो करीडोर सडकलाई ५० – ५० प्रतिशतको साझेदारी कार्यक्रम अन्र्तगत ७ करोड लागतमा सो योजना सम्पन्न गर्ने लागीएको बताइएको छ ।
सोही अवसरमा टोखा नगरपालीकाले काठमाडौ उपत्यका बिकाश प्राधिकरणकासंगको सहकार्यका बिभिन्न पूर्वाधार बिकाशका कामकालागी साझेदारी गर्ने मेयर प्रकाश अधिकारीले आग्रह गर्नुभएको वडा अध्यक्ष रामभक्त घिमिरेले साझापाना अनलाइलाई बताउनु भयो ।
वडा अध्यक्ष रामभक्त घिमिरेका अनुसार सो भेटघाट कार्यक्रममा मेयर प्रकाश अधिकारी सहत वडा नं ८ का वडा अध्यक्ष रमेश खत्री , वडा नं ९ का रामभक्त घिमिरे, वडा नं ११ का वडा अध्यक्ष घनश्याम खड्का , प्रमुख प्रशासकीय अधिकृत शंकर पाठकको उपस्थीती रहेको थियो ।
३५ दिनभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन प्राधिकरणको आग्रह
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै खोला लगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।
उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ । खाली गराएको जानकारी यस प्राधिकरणलाई गराउन समेत उल्लेख छ ।
नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’
प्राधिकरणको सूचना सम्बन्धि पनि मेयर सहितका टोलीले बिशेष छलफल गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका र काठमाडौ उपत्यका बिकाश प्राधिकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्