उत्तरी अफगानिस्तानस्थित मदरसामा विस्फोट, १५ जनाको मृत्यु
अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा अन्य २२ जना घाइते भएका बताइएको छ ।
नाम नबताउने शर्तमा अफगानिस्तानी प्रहरीले भने, “काबुलबाट २१५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी अयबक शहरमा स्थानीय समयअनुसार दिउँसो १ बजे मेड्रेसा जिहादिया (जिहादी मदरसा) मा भएको विस्फोटमा १५ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको ती अधिकारीले बताएका छन् ।
अफगानीस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी टाकोरले उक्त रक्तपातपूर्ण घटनाको पुष्टि गर्दै सामंगन प्रान्तमा बुधबार अपराह्न धार्मिक विद्यालय (मदरसा)मा भएको विस्फोटमा परी १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको बताउनुभयो । विस्फोटको जिम्मेवारी कुनै पनि समूह वा व्यक्तिले लिएको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अफगानिस्तान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्