Techie IT
शुक्रबार, चैत्र २७,२०८२

काठमाडौं उपत्यका भित्रका अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन प्राधिकरणको आग्रह


काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले बुधबार  सार्वजनिक सूचना जारी गर्दै खोला लगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।

उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ । खाली गराएको जानकारी यस प्राधिकरणलाई गराउन समेत उल्लेख छ ।

नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं उपत्यका विकास प्राधिकरण


तपाईको कमेन्ट लेख्नुहोस्