बागलुङका एसपी ज्ञवालीको एक्सन : नक्कली प्रशासकीय अधिकृत पक्राउ
बागलुङ । निजामती कर्मचारीको पोशाकमा सजिएर ठगी गर्ने गोर्खाका एक व्यक्ति लाई बागलुङ प्रहरीले (आइतबार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको शहिद लखन गाउँपालिका ४ का ३१ बर्षीया आकाश चन्द्र परियार रहेका छन् ।
परियारले जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर आफूलाई प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेका थिए । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटी गएको प्रहरीको विशेष टोलीले उनलाई दिउँसोको तीन बजेर ४५ मिनेटमा बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट तत्कालै पक्राउ गरी अनुसन्धान गरिरहेको बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।
उनको साथबाट प्रहरीले निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रसहित आकाश चन्द्र परियार लेखिएको प्रशासकीय अधिकृतको रबर छाप समेत बरामद गरेको छ । त्यस्तै, उनी बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप, दस्तखत भएका पत्रहरु विभिन्न कार्यालयका छापहरु (स्ट्याम्प), ल्यापटप, पेनड्राईभ र ६३ हजार रुपैयाँ नगद समेत फेला पारेको उपरीक्षक ज्ञवाली बताउँछन् ।
आइतबार पक्राउ परेका उनीविरुद्ध सोमबार थप अनुसन्धानका लागी प्रहरीले सम्मानित बागलुङ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेश अनुसार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्