राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला पार्टी कार्यालयमा आगलागी
काठमाडौं। रवि लामिछाने अध्यक्ष रहेका राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनस्थित जिल्ला पार्टी कार्यालयमा आगलागी भएको छ ।
भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति आगलागी भएको हो । आगलागीबाट कार्यालयभित्र रहेको कुर्सी, झण्डा लगायतका सामग्रीहरु जलेका छन् ।
कार्यालयको ढोका बाहिरबाटै लगाइएको अवस्थामा भित्र आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
व्यक्तिले आगलागी गरेको नभई विद्युत सर्ट लगायत भित्री कारणबाट नै आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्