Techie IT
शुक्रबार, वैशाख २६,२०८२

वीरगन्जमा मोटरसाइकल दुर्घटना एक किशोरको मृत्यु


वीरगन्ज ।  वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका १९ वर्षीय साहिल हवारी रहेका छन् ।

शनिबार राति वीरगन्ज १४ पिपराको नृसिंह माविस्थित सडकमा मधेस प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक हवारी र त्यसमा सवार २० वर्षीय सरजात अन्सारी घाइते भएका थिए ।

घाइते दुवैजनलाई उपचारका लागि वीरगन्जकै स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा भर्ना गरिएकोमा हवारीको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

घाइते अन्सारीको उपचार जारी रहेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #मोटरसाइकल दुर्घटना, #वीरगन्जमा मोटरसाइकल दुर्घटना एक किशोरको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545