Techie IT
बुधबार, वैशाख २,२०८३

कैलाली–५ (२)मा कांग्रेसका प्रकाशबहादुर देउवा विजयी


धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा नौँ हजार ५९१ मतसहित विजयी भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् । देउवाका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् ।

कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले अन्तिम समयमा समानुपातिकमा बसेपछि प्रदेशसभा(२) का लागि सिफारिस भएका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउदै कांग्रेसले देउवालाई प्रदेशसभामा टिकट दिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत ल्याउदै तेस्रो स्थान हासिल गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्