गोरखाको चारवटै प्रदेश क्षेत्रबाट गठबन्धनका उम्मेद्वार विजयी
गोरखा । गोरखाका चारै प्रदेश क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भएको छ । चारवटै प्रदेश निर्वाचनबाट गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार गोरखा क्षेत्र नं. १ को प्रदेश क्षेत्र १ बाट कृष्ण धिताल, २ बाट नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
त्यस्तै गोरखा २ को प्रदेश क्षेत्र १ बाट फणिन्द्र देवकोटा र २ बाट सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।
माओवादी केन्द्रबाट उम्मेद्वार बनेका धितालले १५ हजार चारसय ५६ मतका साथ विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका थिए ।
१६ हजार २६१ मत प्राप्त गरी विजयी बनेका न्यौपाने कांग्रेसका गोरखा जिल्ला सभापति समेत हुन् । उनले नेकपा एमालेका मोहन भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईले सातहजार ५३३ मत प्राप्त गरेका थिए ।
त्यस्तै गोरखा २ को प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका फणिन्द्र देवकोटाले १२ हजार ४११ मत प्राप्त गरेका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी एमालेका राजु रानाले पाँच हजार ४१० मत प्राप्त गरेका थिए ।
गोरखा २ को प्रदेश क्षेत्र २ बाट विजयी भएका कांग्रेसका सुरेन्द्रराज पाण्डेले १६ हजार ८८२ मत प्राप्त गरेका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी एमालेका वसन्त गुरुङले पाँचहजार ३६० मत प्राप्त गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्