रसुवामा सबै गठबन्धनका उम्मेदवार निर्वाचित
काठमाडौं । रसुवामा सबै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त मत परिणाम अनुसार जिल्लामा गठबन्धनका उम्मेदवार विजयी भएका हुन ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा र प्रदेश सभाका दुई वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।
प्रतिनिभिसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन आचार्य विजयी भएका छन् । उनले नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलाई ९६२१ मत बढी ल्याएर पराजित गरे । प्राप्त मतपरिणाम अनुसार आचार्यले १८२३५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ८६१४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि, जिल्लाको प्रदेश सभा क्षेत्र क तर्फ नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनले निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुलप्रसाद भट्टलाई फराकिलो मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् । प्राप्त परिणाम अनुसार प्रदेशको १३५१८ मत गणना गर्दा तामाङले ८१८६ मत ल्याएर विजयी भएका छन् । तामाङका प्रतिद्धन्द्धी भट्टले ४७४१ मत प्राप्त गरे । तामाङले ३४४५ मत बढी ल्याएर विजयी बने ।
त्यसैगरि प्रदेश सभा क्षेत्र ख मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे ९जगतजंग० विजयी भएका छन् । उनले प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्ब्रेल तामाङलाई ३६४९मतान्तरले पराजित गर्दै गोतामे विजयी भएका हुन् । गोतामेले ८५३३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ४८८४ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रसुवा, #रसुवामा सबै गठबन्धनका उम्मेदवार विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्