यी हुन् बुधबार बिहानसम्म प्रतिनिधिसभामा निर्वाचित २३ सांसद
काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा आउने क्रम जारी छ । बुधबार बिहानसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ जना प्रत्यक्षमा निर्वाचित भएका छन् ।
पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस १३ सिट जितेर पहिलो दल बनेको छ । नेकपा एमाले ४ सिट जितेर दोस्रो स्थानमा कांग्रेसलाई पछ्याइरहेको छ ।
यता रवि लामिछाने नेतृत्वको रास्वपाले ४ सिट जितेको छ भने एकीकृत समाजवादी पार्टीले १ सिट जितेको छ । त्यस्तै कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले पनि १ सिट जितेको छ ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत अन्य दलले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । यता प्रत्यक्षमा पछि परेको एमाले समानुपातिकमा पहिलो दल बनिरहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ । माओवादी केन्द्र, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु निकै पछि रहेका छन् ।
नेपाली कांग्रेस
मुस्ताङ– योगेश शेरचन
मनाङ– टेकबहादुर गुरुङ
काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं ३ – सन्तोष चालिसे
काठमाडौं ४– गगनकुमार थापा
काठमाडौं ५ – प्रदीप पौडेल–
रसुवा– मोहन आचार्य–
ललितपुर १– उदयसमशेर जबरा
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा– शेरबहादुर देउवा
काठमाडौं–१० राजेन्द्र केसी
पर्सा–४ रमेश रिजाल
सुर्खेत-२ हृदयराम थानी
नेकपा एमाले
उदयपुर २ – अम्बरबहादुर रायमाझी
काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
ललितपुर २– प्रेमबहादुर रायमाझी
गुल्मी २ – गोकर्ण विष्ट
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं ७ – गणेश पराजुली
काठमाडौं ८– विराजभक्त श्रेष्ठ
काठमाडौं २– सोविता गौतम
ललितपुर ३ – तोसिमा कार्की
नेकपा एकीकृत समाजवादी
अछाम १ –शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके २ – धवलसमशेर जबरा
नागरिक उन्मुक्ति पार्टी
कैलाली १– गंगाराम चौधरी
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्