मतदान केन्द्रमा उम्मेद्वारका मात्र प्रतिनिधी बस्न पाउने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ ।
यस अघिका निर्वाचनमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । प्रत्येक दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरेको हो ।
निर्वाचन आयोगको कात्तिक २९ गते सम्पन्न बैठकबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन संसोधन सहित स्वीकृत निर्देशिका पारित गरेको थियो ।
निर्देशिका अनुसार प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको लागि पहिलो हुने निर्वाचण प्रणाली बमोजिम उम्मेदवारको तर्फबाट मात्रै सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #मतदान केन्द्रमा उम्मेद्वारका मात्र प्रतिनिधी बस्न पाउने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्