काठमाण्डौं- ६ मा विजय सुनिश्चित छ, अबको संघर्ष मतान्तर बढाउनका लागि
काठमाडौं । नेकपा एमाले काठमाण्डौं क्षेत्र नं ६ का निवार्चन परिचालन कमिटिका संयोजक विश्वनाथ लामिछानेले काठमाडौैं क्षेत्र नं ६ मा एमालेकोको विजय निश्चित रहेको भन्दै अबको संघर्ष चुनावमा मतान्तर बढाउनको लागि मात्रै रहेको बताएका छन् । बिहिबार साझा पानासँग कुराकानी गर्दै लामिछानेल पछिल्लो समय चुनावी अभियानको क्रममा तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, काठमाण्डौं महानगरमा एमालेका उम्मेदवारहरुको पक्षमा माहोल बढ्दै गएकोले आफूहरु उत्साहित रहेको उनले बताए ।
आज सम्म एमालेका उम्मेदवारहरुले तारकेश्वर, टोखा, काठमाण्डौं महानगरपालिकामा आफ्नो क्षेत्र भित्र पर्ने सबै वडामा टोलमा गएर मतदाताहरुसँग अन्तक्रिया गरिसकेका छन् । सो अन्तक्र्रियाको क्रममा मतदाताले देखाएको सहभागिता र उनीहरुको हौसलाले आफूहरु उत्साहित भएको लामिछाने बताउँछन् ।
‘यहाँसम्मको अवस्था हेर्दा हामीहरु उत्साहित भएका छौं । नेकपा एमालेबाट काठमाण्डौं क्षेत्र नं ६ प्रतिनिधिसभाको लागि उम्मेदवार सर्वेन्द्र खनाल, क्षेत्र नम्बर ६ को प्रदेश सभा (क) तर्फ निरेशलाल सिंह महार्जन प्रदेश सभा (ख) तर्फ ई. अमन मास्के उम्मेदवार हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के, #निरेशलाल सिंह महार्जन, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्