नागरिकता विधेयकमा राष्ट्रपति कार्यालयको सर्वोच्च अदालतलाई जवाफ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपति कार्यालयले नागरिकता विधेयकसम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ ।
राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले मङ्गलबार सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा मुलुकको हितका लागि सम्पादन गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने उल्लेख छ ।
सरकारले नागरिकता समस्या समाधान गर्ने उल्लेख गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुरानो विधेयक फिर्ता गरेर नयाँ दर्ता गरेको थियो । उक्त विधेयकलाई बहुमतले पारित गर्दै राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि पठाइएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकलाई १५ दिनपछि फिर्ता पठाउनुभएको थियो ।
फिर्ता आएको विधेयकलाई सत्ता–गठबन्धनले पुनःबहुमतले पारित गरी प्रमाणीकरणका लागि पठाएको थियो । राष्ट्रपतिले उक्त विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उक्त विधेयक स्वतः निष्क्रिय भएको थियो । राष्ट्रपतिको उक्त निर्णयप्रति असंवैधानिक भएको दाबी गर्दै गत असोज ६ गते सर्वोच्च अदालत रिट निवेदन दायर भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपति कार्याल, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्