मंसिर ४ गते बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सवारी साधन बन्द
काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गते बिहान ४ बजेबाट साँझ ७ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आन्तरिक सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको हो । अनुमतिप्राप्त सवारी साधनलाई भने चल्न दिइनेछ ।
यस्तै, बैठकले मंसिर १ गतेदेखि मंसिर ४ गते राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय पनि भएको छ ।
बैठकले १ र २ गते अत्यावश्यक सुरक्षा, विपद जस्ता अत्यावश्यक अवस्थामा बाहेक अन्य सेवाप्रवाह बन्द गर्ने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उपत्यकामा सवारी साधन बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्