दुई देशका सुरक्षा बैठकको प्रभाव, सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा
जनकपुरधाम । आसन्न निर्वाचनलाई ध्यानमा राखेर नेपाल भारतको मधुबन्नी जिल्ला सँग जोडिएको नेपालको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
तीन दिन अगाडी भारतको मधुबन्नी जिल्लाको जयनगरमा भएको सीमा सुरक्षा अधिकारीहरूको बैठकले नेपालमा मङ्सिर ४ गते हुन लागेको चुनावलाई शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने सहमति भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतको मधुबन्नी जिल्लासँग जोडिएको धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नेपाल भारतको सुरक्षा कर्मीहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै संयुक्त सीमा गस्ती एवं चेकजाँचमा कडाइ गरेको छ । नेपाल प्रवेश सबै सीमा विन्दुहरूमा भारतीय सीमा सुरक्षा बल ९ एस एस वि ० र नेपालका सशस्त्र प्रहरी, नेपाल प्रहरीले आवत जावत गर्ने हरेक व्यक्तिमा निगरानी बढाएको छ ।
खास गरेर चुनावलाई दृष्टिगत गरेर गत शनिवार नै जिल्ला भरिमा मदिराको बिक्री, वितरण, ओसार, पसारमा निषेध गर्दै कडाइ गरेपछि अहिले शान्ति सुरक्षामा थप मद्दत पुगेको छ । अहिले आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रको सुरक्षाका लागि चारै सुरक्षा अङ्गहरू लागी परेका छन् ।
उम्मेदवार देखि मतदाता, मतदान कार्यमा खटिएका कर्मचारी तथा अरु सबैको सुरक्षाका लागि सुरक्षा अङ्गहरू लागि परेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भएको छ । अहिले सुरक्षा मजबुद भएको र निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीहरू दिनरात सुरक्षाका लागि लागि परेका छन् ।
नेपालका तर्फबाट नेपाली सुरक्षा कर्मीहरूले सीमा क्षेत्रमा गस्ती शुरु गरिसकेको छ भने भारतीय पक्षबाट आज देखि गस्ती शुरु हुने धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनु भएको छ । मदिरालाई निषेध गरेकाले कही कतै बिक्री वितरण नभएको उहाँले जानकारी दिनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्