विस्तृत शान्ति सम्झौतादेखि नै गठबन्धन सुरु: प्रचण्ड
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू बिचको एकताको मात्रै अर्थ रहने बताउनुभएको छ ।
गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सम्झौता र सहमति आमनेसामने बसेर लड्नेहरूकै बीच हुने बताउनुभयो । ‘सहमति हुने विमति राख्नेहरूकै बीचमा हुने हो । एउटै मत राख्नेहरूबिच हुने सहमति र सम्झौताले देशलाई निकास दिँदैन । त्यसकारण नेपाली काँग्रेस र वामपन्थीहरूको बिचमा भएको सहमतिले मात्र अर्थ राख्दछ ।
अध्यक्ष प्रचण्डले माओवादी र काङ्ग्रेसबिच विस्तृत शान्ति सम्झौतादेखि नै गठबन्धन सुरु भएको उल्लेख गर्नुभयो ।
उहाँले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको सुनाउनुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्