डा.तोसिमाको पक्षमा सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने फैसला सुनाएको छ ।
सोमबार भएको सुनवाईपछि सर्वोच्चले तोसिमाको उम्मेदवारी कायम रहने अन्तिम फैसला सुनाएको हो । न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम रहने फैसला गरेको हो ।
यसअघि निर्वाचन आयोगले कार्की लाभको पदमा रहेको पाइएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसकाविरुद्व तोसिमाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यसअघि सर्वोच्चले उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । फेरि सर्वोच्चको अल्पकालीन आदेशविरुद्व निर्वाचन आयोग सर्वोच्च गएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डा.तोसिमाको पक्षमा सर्वोच्चको फैसला, #तोसिमा कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्