Techie IT
मंगलबार, वैशाख ८,२०८३

मौन समय विमोचित


 

सीता पौडेल (अर्चना) काठमाडौं । नेपाली साहित्यको क्षेत्रमा छुट्टै चर्चा र प्रतिष्ठा कमाएकी साहित्यकार वयूश्री पाण्डेको कविता संग्रह “मौन समय”को विमोचन भएको छ । नीलकृष्ण-जसोदा सिटौला फाउण्डेशन नर्दन क्यालिफोर्नियाले काठमाडौंमा आयोजना गरेको विविध क्षेत्रका विज्ञ,संस्था ,समाजसेवी र स्रष्टा सम्मान एवम् पुरस्कार अर्पण समारोह, २०७९ मा सो पुस्तकको विमोचन भएको थियो।

त्रिभूवन विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि धर्मकान्त बास्कोटा, नीलकृण जसोदा सिटौला फाउण्डेशनका संरक्षक इन्जिनियर ईश्वरकान्त सिटैला, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष बरिष्ठ काडियोलोजिष्ट प्रा. डा. भगवान कोइराला, पूर्वराजदूत प्रल्हादकुमार पसाई, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाई सहित उपस्थित अन्य अतिथिद्धारा पाण्डेको ‘मौन समय’ को विमोचन गरिएको थियो । विमोचित संग्रहमा हाँसो, खुशी, रोदन तथ जीवनका उकाली ,ओराली अनि समयको खेलसँगै मानिसको जीवनमा आइपर्ने विचित्र अवश्थाको समेत उजागर गरिएको छ । कवि पाण्डेको स्वास्थ्य प्रतिकुलताका कारण विमोचनमा उपस्थित हुन नसकेकोे जानकारी गराउँदै उहाँका सुपुत्र मञ्जयराज पाण्डेले आमाको विमोचनमा  उपस्थित हुन पाएकोमा आफूले गर्व महसुस गरेको बताउनु भयो।

नेपालको पूर्वी भेगमा रहेर नपाली साहित्यको विभिन्न विद्यामा कलम चलाउँदै आउनु भएकी साहित्यकार पाण्डेमा विषयलाई सरल र सहज रुपमा प्रस्तुत गर्ने खुबीसँगै जीवन भोगाईका दृश्य तथा परिदृश्यहरु प्रतिबिम्वित गर्ने सामथ्र्य रहेको विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँले बताउनु भयो ।

कार्यक्रममा पाण्डेलाई नर्दन क्यालिफोर्निमा रहेको नीलकृण-जसोदा सिटौला फाउण्डेशनले सम्मान समेत गरेको थियो। फउण्डेसनले विभिन्न क्षेत्रका विज्ञ ,समाजसेवी,संघसंस्था एवम् स्रष्टा गरि ९ जना व्यक्तित्वहरु र नेपालमा कार्यक्रम सम्पन्न गर्न उल्लेख्य भूमिक निर्वाह गर्ने विभिन्न विधाका ४ जना व्यक्तित्वलाई समेत सम्मान गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #मौन समय विमोचित


तपाईको कमेन्ट लेख्नुहोस्