संखुवासभाको विकासका लागि गठबन्धनलाई जिताउनुहोसः दिपक खड्का
संखुवासभा । नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको विकासका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभएको छ । लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट संखुवासभाको प्रतिनिधीसभा सदस्यको उम्मेदवार खड्काले आज मादी नगरपालिकामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनले जिते संखुवासभाको विकासले जित्ने बताउनुभएको हो ।
उहाँले गोपाल पहाडीले हार्दा संखुवासभाको विकासले हारेको स्मरण गर्दै त्यस्तो गल्ती नदोहो¥याउन आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले कुनै लोभलालच र भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई विजय गराउन लाग्नुपर्ने बताउनुभयो । पूर्व राज्यमन्त्री खड्काले आफू सांसद भएपनि मन्त्री भएपनि जनताको सेवकको रुपमा सँधै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संखुवासभाको विकासका लागि प्रतिनिधीसभा र प्रदेशसभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्ने उहाँको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #दिपक खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्