ठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छः कमल थापा
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशीको प्रेरणामा बनेको सत्ता गठबन्धन भन्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् ।
४ मंसिरमा हुने आम निर्वाचन नजिँकिदै गर्दा अध्यक्ष थापाले सत्ता गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका हुन् ।
सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरुद्ध डटेर लड्ने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा चुच्चे नक्सा बनाउने ओली नेतृत्वको सरकार देशको हितमा हुने स्पष्ट पारेका छन् ।
थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरुले देशको हित नगर्ने र उनीहरु विदेशीकै प्रेरणामा गठबन्धनमा बाँधिएको उल्लेख गरेका छन् ।
‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जागरेको लिम्पियाधुरा बिर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने (केपी शर्मा ओली) र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ ।’ एमाले अध्यक्ष ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कमल थापा, #ठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छः कमल थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्