Techie IT
बिहीबार, वैशाख २५,२०८२

चोरीका गरगहना र नगदसहित एक जना पक्राउ


तुलसीपुर उपमहानगरपालिका–१० सुकौराबाट चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय एक रूपैयाँसहित बाँके खजुरा गाउँपालिका–२ सि गाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रूपमा बसिरहेका राजेन्द्रलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट झोलामा लुकाई राखेको उक्त गरगहना र नगद पारेको र अनुसन्धानको क्रममा उक्त धनमाल बाँके नेपालगंज पुष्पलाल चोकस्थित दुल्लु दरवार होटलबाट चोरी गरी ल्याएको खुल्न आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #चोरीका गरगहना र नगदसहित एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:17 am6:42 pm +0545