पहिलोपटक मतदान केन्द्र अपाङ्गमैत्री

काठमाडौँ । निर्वाचन आयोगले देशभर रहेका २२ हजार भन्दा बढी मतदान केन्द्रमध्ये एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने भएको छ । मतदान केन्द्र बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई सजिलैसँग आवतजावत गर्न, मतसङ्केत गर्न र मत खसाल्न मिल्ने गरी बनाउन निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिएको छ ।
आयोगका अनुसार मतदान केन्द्रमा साङ्केतिक भाषा सूची पनि राखिनेछ भने मतदान स्थलमा प्रवेश गर्ने ठाउँबाटै रङ्गीचङ्गी डोरी तथा पोल राखिनेछ । त्यसैगरी ती मतदान केन्द्रहरूमा र्याम्प निर्माण गरी ह्विलचियर प्रवेश गर्न सहज बनाइने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताउनुभयो ।
मतदान केन्द्रमा, अपाङ्गता भएका व्यक्तिका लागि आराम गर्न टेबुल तथा कुर्सीको व्यवस्था पनि गरिनेछ । मतदान गर्न जाँदा सहयोगी चाहिए त्यसको पनि व्यवस्था गरिनेछ । विगतका निर्वाचनहरूमा अपाङ्गता भएका मतदाताहरूले मतदान स्थलसम्म पुगेर मत खसाल्न कठिनाइ भोग्दै आएका थिए । निर्वाचन आयोगले पहिलो पटक पाइलट प्रोजेक्टका रुपमा एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाएको हो ।
राष्ट्रिय अपाङ्ग महिला महासङ्घकी अध्यक्ष निर्मला धिताल आयोगले अपाङ्गता भएका मतदातालाई लक्षित गरी गरेको यो कदम राम्रो भएको र अवका निर्वाचनहरूमा सबै मतदान केन्द्रलाई नै अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
२०६८ को जनगणना अनुसार ५ लाख १३ हजार ९ सय १३ अपाङ्गता भएकाहरू छन् । त्यतिखेरका बालबालिकासमेत अहिले अधिकांश मतदाता भइसकेका छन् । मतदाता नामावलीमा नाम समावेश भएका कोही पनि मतदाता मतदानको अधिकारबाट वञ्चित हुनुहुँदैन भनेर आयोगले गरेको यो निर्णयलाई सकारात्मक छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन आयोग, #पहिलोपटक मतदान केन्द्र अपाङ्गमैत्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्