काठमाण्डौ १ को प्रदेशसभा २ मा राप्रपाले एमालेलाई सघाउने
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल भएको छ । एमालेका उम्मेदवार गणेश प्रसाद दुलाल र राप्रपाका उम्मेदवार सविना श्रेष्ठबीच तालमेल भएको हो ।
तालमेलको सहमतिअनुसार राप्रपाकी उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर एमालेका उम्मेदवार दुलाललाई समर्थन गरेकी हुन् । एमालेको काठमाण्डौ जिल्ला सचिवालय सदस्य एवम् काठमाण्डौ १ को क्षेत्रीय संयोजक धनबहादुर अछामी र राप्रपाका काठमाण्डौ जिल्ला अध्यक्ष श्याम घिमिरले संयुक्त विज्ञप्ति जारी गर्दै तालमेल भएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्बर १ को २ मा राप्रपाकी उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर दुलाललाई समर्थन गरेको उल्लेख गरिएको छ । राप्रपाका नेता तथा कार्यकर्ताले एमालेका उम्मेदवार दुलाललाई मतदान गर्ने र त्यसका लागि वातावरण सृजना गर्ने सहमति भएको छ । साथै दुलालको प्रचारप्रसारमा समेत राप्रपाका कार्यकर्ता सक्रिय हुने भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाण्डौ १ को प्रदेशसभा २ मा राप्रपाले एमालेलाई सघाउने, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्