राजविराजमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाइयो
सप्तरी । सप्तरीको राजविराज बजार क्षेत्रमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाइएको छ ।
बुधबार निर्वाचन कार्यालयबाट खटिएको जिल्ला अनुगमन टोलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक स्थानमा राखिएका झण्डा, टुल, ब्यानर, झन्डाका तोरण, पोष्टर हटाएको हो ।
सर्वदलीय बैठकमा राजनीतिक दलहरूले लिखित प्रतिबद्धता गरे पनि आचार संहिता विपरीतका प्रचार सामग्री नहटाएपछि अनुगमन टोलीले नै झण्डा, टुल, ब्यानर हटाउन सुरु गरेको जनाइएको छ ।
सहरको स्वरूप नै बिग्रने गरी आचारसंहिता विपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि सार्वजनिक स्थान, चोक, बिजुलीको खम्बामा झुन्डाइएका झण्डा, टुल, ब्यानर, तोरण र पोष्टर निर्वाचन अनुगमन टोलीले हटाउन सुरु गरेको जिल्ला अनुगमन अधिकृत शरणहरि लुइँटेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाइयो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्