बुढानीलकण्ठबासीले गरे ईश्वर पोखरेललाई स्वागत
काठमाडौं। ४ मंसिरमा हुने आम निर्वाचनको घरदैलो अभियानमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर(५ का उम्मेदवार ईश्वर पोखरेललाई सोही क्षेत्रमा पर्ने बुढानीलकण्ठबासीले स्वागत गरेका छन् ।
मंगलबार बिहान आफ्नो क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ(४ पुग्दा नेता पोखरेललाई स्थानीय मतदाताहरुले सडक नजिक एमालेको सूर्य चुनाव चिन्ह बनाएर स्वागत गरेका हुन् ।
पोखरेलले यसअघि निर्वाचित भएर ५ वर्षमा उल्लेखनिय काम गरेको स्मरण गर्दै उनीहरुले यसपटक पनि पोखरेलले जित्नुपर्ने भन्दै शानदार विजयको लागि शुभकामना समेत दिए ।
हालै बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि बुढानीलकण्ठ नगरपालिकामा एमालेले प्रमुख र उप्रमुखसहित वडाहरुमा शानदार जित हात पारेको थियो ।
काठमाडौं(५ को प्रदेशसभा २ का उम्मेदवार दीपक निरौलासँगै बुढानीलकण्ठमा घरदैलोमा रहेका छन् पोखरेल ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्