मतदाताले निर्वाचनबाट विकासको बाटो रोज्नुपर्छ : अध्यक्ष ओली
कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम मतदाताले निर्वाचनबाट विकासको बाटो रोज्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले कास्कीले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले कास्कीमा पञ्चायतकलामा लामो समय आफूले जेल जीवन बिताएको स्मरण गर्नुभयो । उहाँले कास्की आफ्नो भावनात्मक ठाउँ रहेको पनि बताउनुभयो ।
“देश मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्मुखमा छ । यो पटकको निर्वाचनले देशको भविष्य निमार्ण गर्नेछ”, उहाँले भन्नुभयो ।
“यो निवार्चनमा विकासको बाटो रोज्नुपर्छ । यो बेला स्थिरता र अस्थिरताबिच हामीले रोजेको बाटोले नै देश कता जान्छ भन्ने आम मतदाताको हातमा रहेको छ ।” उहाँले भन्नुभयो ।
उहाँले देशलाई अगाडी बढाउन एमालेले सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #मतदाताले निर्वाचनबाट विकासको बाटो रोज्नुपर्छ : अध्यक्ष ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्