अप्टिकल फाइवर लिङ्कमा खराबी आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध
खोटाङ । नेपाल टेलिकमको अप्टिकल फाइवर लिङ्कमा खराबी आएपछि पूर्वका तीन जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ।
खोटाङको रेग्मीटार आसपासमा फाइवर लिङ्कमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध भएको हो।
आइतबार दिउँसोबाट तीन जिल्लामा टेलिकमका सबै सेवा अवरुद्ध भएपछि सर्वसाधारणलाई समस्या भएको छ।
मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यतिबेला चुनावी सभालगायतका कार्यक्रम भइरहेका र टेलिफोनमार्फत गरिने समन्वय तथा सम्पर्क पनि ठप्प भएका छन्।
सदरमुकाम दिक्तेलबाट करिब २१ किलोमिटर रेग्मिटार आसपासमा फाइवर लिङ्कमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूरसञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिनुभयो। प्राविधिक टोली त्यसतर्फ पठाइसकिएकोले सम्भवतः आज साँझ सम्ममा सेवा सुचारु गराउँछौँ प्रमुख मगरले बताउनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल टेलिकम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्