नेकपा एमाले ललितपुर क्षेत्र-३ को प्रतिबद्धतापत्र सार्वजनिक
ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा नेकपा एमाले ललितपुर क्षेत्र-३ को प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सह इन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, निर्वाचन क्षेत्र-३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्का, प्रदेश सभा सदस्यका उम्मेदवारहरु क्षेत्र-३ (१) का रघुनाथ महर्जन र ३ (२) का प्रेमभक्त महर्जन लगायतले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको थियो ।
प्रतिबद्धता पत्रमा ‘ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर, हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदाको ललितपुर सहर’ भन्ने अभिलाषा उल्लेख छ । प्रतिबद्धतापत्रमा समग्र क्षेत्रको विकासको रेखाङ्कन गरिएको छ ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै जिल्ला इन्चार्ज सुशीला नेपालले एमालेका उम्मेदवारहरु विजयी भएपछिका पाँचबर्षमा प्रतिबद्धतापत्र कार्यान्वयन हुने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमृत खड्काले ललितपुर निर्वाचन क्षेत्र नं. ३ का जनताका लागि सम्मानजनक, सुखी, समृद्ध जीवनयापनका अवस्था सिर्जना गर्न प्रतिबद्ध रहेको वताउनुभयो ।
१६ वटा बँुदा समावेश गरिएको प्रतिबद्धतापत्रमा नीति निर्माणको प्रक्रियामा नागरिकका विचार र दृष्टिकोणलाई समेट्ने उद्देश्यले नियमित रुपमा नागरिक सम्वादको आयोजना गरी जनताका भनाई, विचार र सुझावलाई नीति निर्माणको थलोसम्म पुर्याइने, जनताको अभिमत पूरा गर्न आवश्यक ऐन, कानुन, नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न प्रभावकारी भूमिका निर्वाह गरिने, पुरातात्विक तथा ऐतिहासिक सम्पदा रहेका बस्तीहरुको अस्तित्व जोगाउन भवन निर्माण संहितालाई परिमार्जन गरी कार्यान्वयन गरिने, नख्खुखोला किनारमा सडक करिडोर निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने, घना तथा जोखिमयुक्त सहरी वस्तीहरु स्थानान्तरण रोक्न नयाँ ढाँचाका बस्ती विकास गर्ने कार्यक्रम कार्यान्वयन गर्ने, कृषिमा आधारित उद्योग स्थापना र बजार व्यवस्थापन गर्न कृषि सहकारी, निजी एवं स्थानीय तहसँग समन्वय गरी व्यावसायिक कृषिमुखी अनुदान, तालिम, प्राबिधिक सहयोग र बजार व्यवस्थापन गर्न पहल गर्ने, कृषिमा आत्मनिर्भरको लागि उन्नत बीउ, उपकरण, प्रबिधि र मल सहज उपलब्ध गराउन आवश्यक पहल गर्ने विषय उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले ललितपुर क्षेत्र-३ को प्रतिबद्धतापत्र सार्वजनिक, #प्रतिनिधि र प्रदेश सभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्