प्रचण्डले मंसिर ४ पछि मात्रै प्रतिस्पर्धी चिन्नेछन : अब्दुस मियाँ
गोरखा । नेकपा एमालेबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका अब्दुस मियाँले अर्का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो बारेमा जनतालाई सोध्न भनेका छन् ।
शुक्रबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गोरखा २ मा आफ्नो प्रतिस्पर्धी नै नभएको र प्रतिस्पर्धीलाई आफुले नचिनेको बताएपछि आक्रोशित बनेका अब्दुसले भने ‘गाउँका जो–कसैलाई सोध्नुहोला प्रतिस्पर्धी को भनेर, सबैले भनिदिनुहुन्छ र जिताएर अब्दुस तपाईंको प्रतिस्पर्धीहरू हो भन्ने देखाउनुहुन्छ ।’
अहिले नै जान्ने मन भए माला फुकाएर, गाडीबाट झरेर प्रतिस्पर्धीका बारेमा मतदातालाई सोध्न उनले अनुरोध गरे ।
चुनावी अभियानका लागि शनिबार गोरखाको बारपाक पुगेका मियाँले मंसिर ४ पछि मात्रै प्रचण्डले प्रतिस्पर्धी चिन्ने प्रतिकृया दिएका हुन् ।
प्रचण्ड गाडीमा आफ्ना मान्छेले घेरिएर हिँडेको र जनतासँग नभेटेकाले प्रतिस्पर्धी नचिनेको मियाँको तर्क छ । ‘दुई दिन ५०÷६० व्यक्तिबाट घेरिएर कालो सिसाभित्र हिँडेपछि प्रतिस्पर्धी चिनिंदैन, गोरखाका समस्या देखिंदैन । स्वाभाविक हो, उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अब्दुस मियाँ, #नेकपा एमाले, #प्रचण्डले मंसिर ४ पछि मात्रै प्रतिस्पर्धी चिन्नेछन : अब्दुस मियाँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्