ईश्वर पोखरेलको घरदैलो अभियान तीब्र, मतदाता भन्छन्ः पोखरेलले जितेर बाँकी रहेको काम पनि पूरा गर्नुहुन्छ भन्ने आश छ
काठमाडौं, २० कात्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तीब्र बनाएका छन् ।
आइतबार बिहान काठमाडौं महानगरको ५ नम्बर वडामा घरदैलो कार्यक्रम रहेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई मतदाताहरुले स्वागत गर्नुको साथै जितको शुभकामना दिएका छन् ।
उनीहरुले पोखरेले यसअघि ५ वर्षमा गरेको कामबाट आफुहरु सन्तुष्टि रहेको बताउँदै अब पनि सोही क्षेत्रमा पोखरेललेनै जित्नुपर्ने बताए । उनीहरुले पाखेरेलले जितेर आएपछी बाँकी रहेका काम पनि पूरा गर्ने आशा व्यक्त गरेका छन् ।
घरदैलोमा रहेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले आफ्नो जीवन जनताको सेवा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछु । जनताको घरदैलोमा रहेका पोखरेलले भने, मेरो पूरै जीवन तपाईहरूको सेवामै हाजिर छ ।’
उपाध्यक्ष पोखरेलले आफूले विगतमा पनि विकास निर्माण र जनताको दुःखमा साथ दिएको हुँदा आफूलाई विजयी गराउनेमा विश्वास व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्