भारतलाई खुशी पार्न जबरजस्ती नागरिकता विधेयक पास भयो: ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतलाई खुशी बनाउनका लागि नागरिकता विधेयक पास गरेको आरोप लगाएका छन् ।
काठमाडौं महानगरपालिका-२ मा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर-५ का उम्मेदवारसमेत रहेका पोखरेलले भू-राजनीतिक अवस्थालाई बेवास्ता गर्दै छिमेकीलाई खुशी पार्नका लागि जबरजस्ती विधेयक पास गरिएको बताएका हुन् ।
नागरिकता विधेयक पास भएपछि प्रचण्डले दक्षिणी सीमानामा पुगेर बल्ल ढुक्क भयो भन्दै भाषण गरेका पोखरेलले बताए । टोखा-२ मा ४३ वर्षपछि एमाले नेतृत्वमा आउन सफल भएको भन्दै पोखरेलले अन्य दलबाट वाक्क भएर जनताले अब विकासप्रेमी पार्टी एमालेलाई रोजेको जिकिर गरे ।
पोखरेलले राष्ट्रिय नेता भएँ भन्दैमा आफ्नो क्षेत्रका जनतालाई बिर्सिएर जनताको सुख-दु:ख, विकास निर्माणका काममा लागिरहने प्रतिबद्वता व्यक्त गरे ।
विकासका लागि नेतृत्वकर्ता र जनताबीचको सम्बन्ध गाढा हुनुपर्ने पोखरेलको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #नेकपा एमाले, #भारतलाई खुशी पार्न जबरजस्ती नागरिकता विधेयक पास भयो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्