बहुमतसहित फेरि एमाले देशको नेतृत्वमा आउँछ: ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ को निर्वाचनपछि देशको नेतृत्व फेरि पनि एमालेले गर्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर-५ बाट उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार बिहान टोखा नगरपालिका- ६ मा आयोजित कार्यक्रममा देशको नेतृत्व गर्न सक्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बनाउने भन्दै भाषण गर्नेहरुका अगाडि जनताले एमालेलाई सर्वाधिक मत दिएर विजयी गराएपछि अहिले विदेशीहरुसँग मिलेर एमालेलाई सरकारमा आउन नदिन अनेक प्रपञ्च रचिरहेको बताए ।
देश विकास गर्न सक्ने पार्टी एमालेमात्रै हो भन्ने जनताले थाहा पाइसकेको भन्दै केही उपाय नलागेपछि विरोधीहरु जनतामा एमालेकाविरुद्वमा भ्रम छर्न लागिपरेका पोखरेलले जिकिर गरे ।
उनले सत्ता गठबन्धनको आलोचना गर्दै भद्दा र स्वार्थहरूको गठबन्धनले देश विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्