Techie IT
शुक्रबार, चैत्र २७,२०८२

कांग्रेस र माओवादी त्यागेर दोलखाका युवाहरू एमाले प्रवेश


काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ र ६ का थामी समुदायका युवाहरू नेकपा एमाले प्रवेश गरेका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेको जित अनिवार्य रहेको भन्दै थामी समुदायका युवाहरू नेकपा एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरूमा कालिञ्चोक गाउँपालिकाका अनुराज थामी, लोकबहादुर थामी, कबिराज थामी, मणिकुमार थामी, डवल थामी, मोतीलाल थामी, राजु थामी, कलक बहादुर थामी, सन्दिप थामीलगायत तीन दर्जन युवाहरू छन् ।

सत्ता गठबन्धनले मुलुक सञ्चालन गर्न नसक्ने तथा दोलखाको समृद्धिको नेतृत्व पनि गर्न नसक्ने भएकाले आफूहरू बिगतमा आवद्ध रहेको पार्टी त्यागेर एमाले रोजेको नवप्रवेशी युवाहरूको भनाई छ । बिगतमा अरु पार्टीको भूलभुलैयामा परियो, तर एमालेबाहेक हाम्रो समुदाय र दोलखाको विकास गर्ने पार्टी अरु छैन भन्ने कुरा अहिले प्रमाणित भइसकेको उनीहरूको बुझाई छ ।

साथै राष्ट्रको नेतृत्व पनि केपी शर्मा ओली र एमालेले मात्रै गर्न सक्छ भन्ने घटनाक्रमहरूले देखिएकाले एमाले जिताउने अभियानका साथ आफूहरू एमालेमा प्रवेश युवाहरूको भनाई छ । उनीहरूले आफूहरू अब गाउँ फर्किएर सबै थामी समुदायलाई नेकपा एमालेको पक्षमा मतदान गर्न सहमत गराउने अठोट पनि व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले पार्टीमा स्वागत गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस र माओवादी त्यागेर दोलखाका युवाहरू एमाले प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्