गगन थापालाई निर्वाचन आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताए ।
गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो । तर थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत ‘यस्तो गल्ती बारम्बार गर्छुु’ भनी अभिव्यक्ति दिएको भन्दै आयोगले पुनस् स्पष्टीकरण सोधेको हो ।
आयोग स्रोतले भन्यो, ‘उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भइसकेको छ, तत्काल पत्र तयार गरेर पठाउने तयारी छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगन थापा, #गगन थापालाई निर्वाचन आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण, #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्