नेकपा एमाले सुदूरपश्चिमका तीन नेतामाथि कारबाही
कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।
कञ्चनपुरका जयराज पाण्डेय डोटीका प्रेम शाह र कैलालीका यज्ञराज बास्तोलालाई प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । उनीहरू तीनैजना प्रदेश कमिटी सदस्य हुन् ।
आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको पाइएकाले उनीहरूमाथि कारबाही गरिएको प्रदेश सचिव धर्म पाठकले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #नेकपा एमाले सुदूरपश्चिमका तीन नेतामाथि कारबाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्