तिहारको समापनसँगै नेकपा एमालेले चुनाव प्रचारलाई थप तिव्र पार्दै
काठमाडौं । तिहारको समापनसँगै नेकपा एमालेले चुनाव प्रचारलाई थप तिव्र पार्ने भएको छ ।
तिहारका कारण केही दिन देखि सुस्त बनेको चुनाव प्रचार भाइटिका लगाएसँगै सुरु भइसकेको छ । कतिपय उम्मेद्वारहरुले तिहारकै बीचमा पनि घरदैलो कार्यक्रम जारी राखेका थिए । अधिकांस उम्मेदवारले तिहारसम्ममा घरदैलो सकेका छन् । तिहारको भोलिपल्ट देखि टोल भेला र स्थानीय तह केन्द्रित भेला गर्ने उनीहरुको तयारी छ ।
निर्वाचन आयोगले कातिक १७ गते देखि ठूला आमसभा गर्न दलहरुलाई खुला गरेकोले त्यस अघि नै आन्तरिक भेटघाट,बैठक र भेलाहरु सक्ने तयारीम छन् दलहरु ।
मुख्यकुरा चुनावी घोषणा पत्र हालसम्म कुनै पनि दलले सार्वजनिक गरेका छैनन् । कात्तिक १७ अघि नै घोषणा पत्र सबै दलले सार्वजनिक गर्ने तयारी गरेका छन् । नेकपा एमालेले १४ गते घोषणा पत्र सार्वजिनक गर्ने तयारी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचार प्रसारकै लागि भोली नै गृह जिल्ला झापा जाँदैहुनुहुन्छ । तीनदिनसम्म अध्यक्ष ओली झापामा नै रहने उहाँको सचिवालयले जानकारी दिएको छ ।
यस्तै तिहार मनाउन काठमाडौं आएका विभिन्न दलका नेता तथा उम्मेद्वारहरु पनि आजै काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्रतर्फ फर्कने कार्यक्रम रहेको जनाएका छन् ।
एमाले पोलिटव्यूरो सदस्य एवं भक्तपुर क्षेत्र नं २ का उम्मेद्वार महेश बस्नेतका अनुसार भोली विहान देखि टोल भेलाहरु सुरु हुनेछन् । तिहारका कारण करिब तीन दिन चुनावी कार्यक्रमहरु सुस्त बनेका थिए । तिहारको समयमा उम्मेदवारहरुले आफूले सार्वजनिक गर्ने प्रतिवद्धता पत्रको आन्तरिक तयारी गरेका छन् । तर केन्द्रीय घोषणा पत्र आएपछि त्यसका आधारमा प्रतिवद्धता सावर्जनिक गर्ने भनेर घोषणा पत्र कुरिरहेको नेताहरुले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तिहारको समापनसँगै नेकपा एमालेले चुनाव प्रचारलाई थप तिव्र पार्दै, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्